एनपीएल डिशहोम गो एप र एक्सन स्पोर्टसको यूट्यूब च्यानलमा पनि हेर्न सकिने

हिमाल प्रेस १२ मंसिर २०८१ २०:०० | Wednesday, November 27, 2024
एनपीएल डिशहोम गो एप र एक्सन स्पोर्टसको यूट्यूब च्यानलमा पनि हेर्न सकिने

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ को डिजिटल स्ट्रिमिङ अधिकार डिशहोमले प्राप्त गरेको छ। यो साझेदारीअन्तर्गत, डिशहोमले एनपीएलका सबै म्याचहरू प्रत्यक्ष रूपमा डिशहोम गो एप र एक्सन स्पोर्टस एचडी नामक यूट्यूब च्यानलमा प्रशारण गर्नेछ।

कम्पनीको यो पहलले नेपालका सबै क्रिकेट प्रेमीहरूले सहज रुपमा एनपीएल २०२४ का सम्पुर्ण खेलहरु नेपालभित्र जुनसुकै स्थान वाट सहज रुपमा हेर्न सक्ने डिशहोमले विश्वास लिएको छ।

डिश मिडिया नेटवर्क लिमिटेड नेपाली क्रिकेटको विकासका लागि सहयोग र प्रेरणा प्रदान गर्न सधँै तत्पर रहेको डिशहोमका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले वताए। एनपीएल २०२४ को डिजिटल स्ट्रिमिङ अधिकारको प्राप्ति ठूलो उपलब्धि भएको र यो साझेदारीले नेपाली क्रिकेटलाई नयाँ उचाइँमा पुर्‍याउन मद्त गर्नका साथै देशभरिका क्रिकेट प्रेमीहरूलाई एकै स्थानमा जोड्ने विश्वास कम्पनीले लिएको मानन्धरले बताए।

एनपीएल २०२४ मा विराटनगर, चितवन, जनकपुर, कर्णाली, काठमाडौं, लुम्बिनी, पोखरा, र सुदूरपश्चिम गरी ८ फ्रेनचाइज टिमहरूले राउन्ड–रोबिन फम्र्याटमा प्रतिस्पर्धा गर्नेछन्। कुल ३२ खेलहरूको रोमाञ्चक यात्रा त्रिवि क्रिकेट मैदानमा सम्पन्न हुनेछ।

डिशहोमसँगको यो साझेदारी नेपालमा क्रिकेटको नयाँ युगको सुरुआत हो र नेपाली क्रिकेटको भविष्य उज्जवल बनाउनको लागि सशक्त कदम पनि हो। साथै यस साझेदारीले डिशहोमलाई नेपाली क्रिकेटको उत्साह र समर्थन अझ सशक्त बनाउन नयाँ मार्गदर्शन प्रदान गरेको डिशहोमले बताएको छ।

एनपीएलको पहिलो सिजन १५ मंसिरदेखि ६ पौषसम्म हुँदैछ।

प्रकाशित: १२ मंसिर २०८१ २०:०० | Wednesday, November 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast