प्रत्यक्ष निर्वाचित कार्यकारीबारे अन्य दलहरूसँग छलफल गरेर टुंगो लगाउँछौँ : गगन थापा

हिमाल प्रेस १२ मंसिर २०८१ १८:२२
10
SHARES
प्रत्यक्ष निर्वाचित कार्यकारीबारे अन्य दलहरूसँग छलफल गरेर टुंगो लगाउँछौँ : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस र एमालेले साझा धारणा बनाएपछि संविधान संशोधनका विषयमा अन्य दलसँग छलफल गर्ने बताएका छन्।

बुधबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै थापाले संविधानका मूलभूत मान्यताहरू संघीयता र समावेशिता लगायतका विषयलाई यथावत् राखी संविधानका कारण देखिएको गतिरोधहरू सच्याएर अघि बढ्ने र यसका लागि सबै दलहरूसँग छलफल गर्ने बताएका हुन्। प्रत्यक्ष निर्वाचित कार्यकारीका बारेमा अन्य दलहरूसँग छलफल गरेर टुंगो लगाउने उनले बताए।

त्यस्तै थापाले बीआरआई लगायतका विषयहरूबारे उठेको अनावश्यक हल्ला र आशंकाहरूलाई चिरेर प्रधानमन्त्रीको चीन भ्रमण सफल बनाइने उल्लेख गरे।

उनले सन् २०१७ मा भएका सहमतिहरू कार्यान्वयन गराउने गरी नेपाली कांग्रेस र एमालेले साझा धारणा बनाएर अघि बढ्ने र मुलुकको हित अनुकूल ऋण वा अनुदान ग्रहण गर्न सकिने स्पष्ट पारे।

त्यस्तै थापाले अहिले नै पार्र्टी सभापतिको निर्वाचनको तयारी गर्नुपर्ने आवश्यकता नभएकाले महाधिवेशन आएपछि यसबारे पार्टी नेता र कार्यकर्ताहरू छलफलबाट निर्र्णय लिइने बताए।

प्रकाशित: १२ मंसिर २०८१ १८:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast