जनकपुर र अयोध्यालाई हवाईसेवा मार्फत जोड्ने प्रयासमा छौँ : मन्त्री पाण्डे

हिमाल प्रेस १२ मंसिर २०८१ १६:०१
8
SHARES
जनकपुर र अयोध्यालाई हवाईसेवा मार्फत जोड्ने प्रयासमा छौँ : मन्त्री पाण्डे परराष्ट्रमन्त्री बद्री पाण्डे

काठमाडाैँ – संस्कृति,पर्यटन तथा नगरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले जनकपुर र अयोध्यालाई हवाईसेवाको मध्यामबाट समेत जोड्नु पर्ने बताएका छन्।

बुधबार त्रिभुवन विश्वविद्यालय हिन्दी केन्द्रीय विभागले आयोजना गरेको ‘विश्वफलक पर राम (साहित्यक, सामाजिक एवं संस्कृतिको सन्दर्भमा) अन्तरविषयी अन्तराष्ट्रिय संगोष्ठिमा बोल्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन्।

धार्मिक रुपले जोडिएको सम्बन्धलाई हवाईसेवाका माध्यमबाट समेत अघि बढाउनु पर्ने उनले उल्लेख गरे। यसकालागि मन्त्रालयले समेत तयारी गरिरहेको मन्त्री पाण्डेको भनाइ थियो।

मन्त्री पाण्डेले अहिलेको अवस्थामा रामको मार्गदर्शन झनै व्यापक बन्दै गएको बताउँदै विश्वभरि फैलिएका नेपाली र भारतीय नागरिकले राम तत्वको पुनः जागरणमा योगदान गर्नुपर्नेमा जोड दिए।

दुई दिन सम्म चल्ने संगोष्ठिमा भगवान रामका विविध पक्षमा चर्चा गरिने छ। संगोष्ठिमा सामेल हुन आएका विभिन्न देशका प्रतिनिधिलाई मन्त्री पाण्डेले नेपालको विविधतापूर्ण संस्कृतिलाई विश्वमा पु¥याउन सहयोग गर्न समेत आग्रह गरे।

प्रकाशित: १२ मंसिर २०८१ १६:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast