‘सरकारले रवि लामिछानेविरुद्ध हुँदै नभएको कुरा बाहिर ल्यायो’

हिमाल प्रेस ११ मंसिर २०८१ १७:२८ | Tuesday, November 26, 2024
‘सरकारले रवि लामिछानेविरुद्ध हुँदै नभएको कुरा बाहिर ल्यायो’ रास्वपा केन्द्रीय कार्यालय

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहकारी प्रकरणमा अनुसन्धान भइरहेको विषयलाई पार्टीले प्रभावित पार्न नखोजेको स्पष्ट पारेको छ। काठमाडौँमा मंगलबार पत्रकार सम्मेलन गर्दै रास्वपाले पार्टी सभापति रवि लामिछानेलाई राजनीतिक पूर्वाग्रहका आधारमा थुनामा राख्ने कामको विरोध गरेको तर सहकारी प्रकरणमा अनुसन्धान भइरहेको विषयलाई प्रभावित पार्न नखोजेको स्पष्ट पारेको हो।

पत्रकार सम्मेलनमा रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले रवि लामिछानेविरुद्ध राज्यले हुँदै नभएको कुरा बाहिर ल्याएको र एकपक्षीय ढंगले दोष थोपर्ने काम भएको आरोप लगाए।

उनले पर्याप्त प्रमाण भए पनि कोशीका पूर्वमन्त्री लीलाबल्लभ अधिकारीमाथि कानुनी कारबाही नभएको तर प्रमाण नभएका व्यक्तिलाई थुनामा राख्ने काम राजनीति प्रतिशोध भएको जिकिर गरे। झाले कुनै पनि चेकमा हस्ताक्षर गर्दैमा केही नहुने भन्दै यसलाई पुष्टि गर्ने डकुमेन्ट आउनुपर्ने बताए।

चेकका विषयमा अनावश्यक बहस गरेर अतिरञ्जित गर्ने काम नगर्न उनले आग्रह गरे। पत्रकार सम्मेलनमा रास्वपाका नेताहरुले आफूलाई मनमा लागेको कुरा सामाजिक सञ्जालमार्फत अभिव्यक्त गर्दा कारबाही हुन्छ भने कारबाही भोग्नसमेत तयार रहेको बताए।

प्रकाशित: ११ मंसिर २०८१ १७:२८ | Tuesday, November 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast