योगदानकर्ताको उपचारमा एक लाखभन्दा बढी लागे कोषले आधा बेहोर्छ : प्रधानमन्त्री ओली

हिमाल प्रेस ११ मंसिर २०८१ १६:४० | Tuesday, November 26, 2024
योगदानकर्ताको उपचारमा एक लाखभन्दा बढी लागे कोषले आधा बेहोर्छ : प्रधानमन्त्री ओली प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षाको दायरालाई विस्तार गरिने घोषणा गरेका छन्। सातौँ सामाजिक सुरक्षा दिवसका अवसरमा सामाजिक सुरक्षा कोषद्वारा आज राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले आगामी ९० दिनपछि योगदानकर्ताका छोराछोरी पनि कोषबाट लाभान्वित हुने र १ लाख रुपैयाँभन्दा बढी उपचार खर्च लाग्ने योगदानकर्तालाई कूल खर्चको ५० प्रतिशत कोषबाट बेहोरिने घोषणा गरे।

प्रधानमन्त्री ओलीले संविधानमा भएको मौलिक हकका व्यवस्था र दायित्वप्रति सरकार जिम्मेवार र जवाफदेही हुने बताउँदै मुलुकलाई समृद्ध बनाउन सरकार क्रियाशील रहेको बताए। त्यस अवसरमा कोषअन्तर्गत बढी योगदानकर्ता र सेवा प्रदायक व्यक्ति र संस्थालाई प्रधानमन्त्रीले पुरस्कार प्रदान गरे।

प्रकाशित: ११ मंसिर २०८१ १६:४० | Tuesday, November 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast