जसपा नेपालले सामाजिक सञ्जालको प्रयोग र परिचालन गर्न आईटी सेल गठन गर्ने

हिमाल प्रेस १० मंसिर २०८१ १४:२६ | Monday, November 25, 2024
जसपा नेपालले सामाजिक सञ्जालको प्रयोग र परिचालन गर्न आईटी सेल गठन गर्ने

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालले आईटी सेल गठन गर्ने भएको छ।

सामाजिक सञ्जालको प्रयोग र परिचालनलाई पार्टी हितका निम्ति प्रभावकारी ढंगले थप व्यवस्थित गर्न तथा सूचना, सञ्चार एवं प्रचारप्रसारको संयन्त्रलाई अझ बलियो बनाउन सामाजिक सञ्जाललाई लक्षित गरी पार्टीको केन्द्रीय आईटी सेल निर्माण गर्न लागिएको हो।

यसका लागि पार्टीले जिल्ला क्षेत्रको संगठनमा आवद्ध भई सामाजिक सञ्जालमा सक्रिय भएर काम गरिरहेका कम्तिमा १० देखि १५ जना व्यक्तिको नामसूची एक साताभित्र केन्द्रीय कार्यालयमा पठाउन भनेको छ।

व्यक्ति छनौट गर्दा संगठनभित्र सामाजिक सञ्जालको प्रयोगमा सक्रिय भएको, आईटीको प्राविधिक पक्षबारे दख्खल एवं जानकार भएको व्यक्ति हुनुपर्ने छ । साथै क्यामेरा, फोनमार्फत फोटो, भिडियो खिच्न र सम्पादन गर्न सक्ने तथा सञ्चारको आवश्यक सामग्रीबारे बोल्न र लेख्न सक्ने क्षमता भएकोलाई प्राथमिकतामा राख्नुपर्ने छ।

त्यसैगरी संगठनको विश्वसनियता र गोपनियताको विशेष ध्यान राख्न सक्ने युवा, विद्यार्थी, महिला, प्रेस मञ्च, सञ्चार र प्रचार विभागलाई प्राथमिकता दिने व्यक्ति आइटी सेलको लागि उपयुक्त हुने भनिएको छ।

पार्टीमा लामो समयदेखि सक्रिय भएर काम गर्दै आएको र पार्टी संगठनको हित विपरित काम गरी कारबाहीमा नपरेको व्यक्ति हुनुपर्ने छ।

प्रकाशित: १० मंसिर २०८१ १४:२६ | Monday, November 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast