देउवाको दाबी : प्रधानमन्त्रीले चीनमा गएर ऋण सम्झौता गर्नुहुँदैन

हिमाल प्रेस १० मंसिर २०८१ १३:४९ | Monday, November 25, 2024
देउवाको दाबी : प्रधानमन्त्रीले चीनमा गएर ऋण सम्झौता गर्नुहुँदैन शेरबहादुर देउवा । फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भीन भ्रमणमा कुनै पनि ऋण सम्झौता नहुने दाबी गरेका छन्। आज सोमबार जनकपुर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै देउवाले चीनसँग ऋण नलिने बताएका हुन्।  उनले चीन नेपालको मित्र राष्ट्र भएको बताउँदै त्यहाँ किन नजाने भन्दै प्रश्न पनि गरेका छन्।

‘ऋण नलिने, तर अरू अनुदान लिन हामी तयार छौँ,’ उनले भने, ‘चीन हाम्रो मित्र राष्ट्र हो। किन नजाने त्यहाँ।’ आजै प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणको विषयमा पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गरेका छन्। तर पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवा भने जनकपुर पुगेका छन्।

प्रकाशित: १० मंसिर २०८१ १३:४९ | Monday, November 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast