झन्डै १६ हजारले घट्यो सुनको भाउ, १ लाख ५१ हजार ३ सय कायम

हिमाल प्रेस १० मंसिर २०८१ १०:५९ | Monday, November 25, 2024
झन्डै १६ हजारले घट्यो सुनको भाउ, १ लाख ५१ हजार ३ सय कायम

काठमाडौँ- सुनको भाउ आज ह्वात्तै घटेको छ।

आज प्रतितोला सुनमा १५ हजार ९ सय रुपैयाँले घटेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला सुनको मूल्य १ लाख ५१ हजार ३ सय रुपैयाँ कायम गरेको छ। आइतबार प्रतितोला सुन १ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी सुनको भाउ घटेसँगै चाँदी पनि घटेको छ। आज प्रतितोला चाँदी १८ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अघिल्लो दिन प्रतितोला चाँदी १९ सय ६० रुपैयाँमा कारोबार भएको थियो।

गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सुनको भन्सार दर २० बाट १० प्रतिशत कायम गर्ने निर्णय गरेको थियो।

प्रकाशित: १० मंसिर २०८१ १०:५९ | Monday, November 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast