काठमाडौँ- तनहुँको भानुनगरपालिका-९ कर्मदा माध्यमिक विद्यालय वाइसजङ्घारका विद्यार्थीले ७० किलो आलु रोपेका छन्। विद्यार्थीले स्थानीय अभिभावकहरूको जग्गामा आलुखेती गरेको भानु नगरपालिकाले जनाएको छ।
नगरपालिकाले भनेको छ, ‘कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरूलाई होस्टेलमा राखी अध्यापन गराउने क्रममा उनीहरूको उपभोग र सुविधाका लागि आलुखेती गरिएको हो। विद्यार्थीले २ रोपनी जग्गामा ७० किलो आलु रोपेका छन् भने अन्य थप जग्गामा विभिन्न खालका तरकारीहरू लगाइएको छ।’
बालबालिकालाई सानै उमेरदेखि श्रमप्रति सम्मान गर्ने, श्रम र कृषिको महत्त्व बुझाउने र गाउँघरमा खाली रहेको जग्गामा कृषि कर्मबाट उत्पादन वृद्धि गरी व्यवसायिक हिसाबले आयआर्जनको माध्यम कृषिलाई बनाउन सकिन्छ भन्ने सकारात्मक सन्देश दिएको पालिकाले जनाएको छ।
प्रकाशित: १० मंसिर २०८१ १०:३४
प्रतिक्रिया