बुद्धको सन्देश विश्वभर फैलाउनु आवश्यक छ : पर्यटनमन्त्री

हिमाल प्रेस ९ मंसिर २०८१ २१:४२ | Sunday, November 24, 2024
बुद्धको सन्देश विश्वभर फैलाउनु आवश्यक छ : पर्यटनमन्त्री

भक्तपुर- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले बुद्धको सन्देश विश्वभर फैलाउनु आवश्यक भएको बताएका छन्।

भक्तपुरको गट्ठाघरमा कोटेश्वर बहुमुखी क्याम्पस र सारीपुत्र फाउन्डेसन लुम्बिनीले संयुक्तरूपमा आज आयोजना गरेको ‘भगवान् बुद्धलाई कसरी चिन्ने ?’ विषयक ‘बुद्ध दर्शन सम्बन्धित एकदिवसीय अन्तर्राष्ट्रिय धम्म सम्मेलन’को उद्घाटन गर्दै मन्त्री पाण्डेले बुद्धले छरेका ज्ञानको माध्यमबाट विश्वभरि शान्ति स्थापना गर्न र हामी एउटै भाइकुटुम्ब हौँ भन्ने बुझ्न सकिने उल्लेख गरे।

मन्त्री पाण्डेले बुद्धको शिक्षालाई गहिराइमा बुझेर त्यसको ज्ञानलाई व्यावहारिकरूपमा उपयोग गर्नुपर्ने बताए। बुद्ध नेपालमा जन्मेकामा गर्व गर्ने तर बुद्धको ज्ञानको अनुशरण नगर्ने हुँदा यसको अर्थ नरहने उल्लेख गर्दै उनले बुद्धको ज्ञानको अनुशरण गर्ने र शान्तिको सन्देश फैलाउने कार्य नेपालबाट हुनुपर्ने बताए।

प्रकाशित: ९ मंसिर २०८१ २१:४२ | Sunday, November 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast