काठमाडौँ- सभामुख देवराज घिमिरे आज कम्बोडिया जाँदैछन्। यसअघि एमाले नेता राजन भट्टराईसहितका नेताहरू कम्बोडिया पुगेका छन्। आज सभामुख घिमिरे पनि कम्बोडिया प्रस्थान गर्दैछन्।
उनी सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद्को ११औं सम्मेलन (आईपीटीपी)मा सहभागी हुन घिमिरे कम्बोडिया जान लागेका हुन्।
कम्बोडियाको नोम पेन्ह सहरमा नोभेम्बर २३ देखि २६ सम्म अर्थात् मंसिर ८ गतेदेखि १० गतेसम्म सम्मेलन हुँदैछ। सभामुख घिमिरे सम्मेलनमा सहभागी भएर ११ गते स्वदेश फर्कने कार्यक्रम छ ।
प्रकाशित: ७ मंसिर २०८१ ९:५६
प्रतिक्रिया