कांग्रेसको सर्कुलर : चुनावमा एमाले प्रतिस्पर्धी

हिमाल प्रेस ६ मंसिर २०८१ २१:०९ | Thursday, November 21, 2024
कांग्रेसको सर्कुलर : चुनावमा  एमाले प्रतिस्पर्धी कांग्रेस केन्द्रीय कार्यालय। फाइल तस्बिर।

काठमाडौँ– सत्तारुढ दल नेपाली कांग्रेसले स्थानीय उपनिर्वाचनमा प्रमुख प्रतिस्पर्धी एमाले रहने भन्दै सर्कुलर जारी गरेको छ। स्थानीय तह उपनिर्वाचनलाई केन्द्रित गरेर कांग्रेसले पार्टी संरचनामा सर्कुरल गरेको हो।

उपनिर्वाचन केन्द्रीय संयोजन समितिका संयोजकसमेत रहेका महामन्त्री विश्वप्रकाश शर्माले जारी गरेको १५ बुँदे सर्कुलरमा प्रमुख प्रतिस्पर्धी एमाले रहने भन्दै सोहीअनुसार तयारी गर्न भनिएको छ।

सरकारमा सहकार्य भए पनि प्रतिस्पर्धा एमालेसँग हुने भएकाले त्यहीअनुसारको नीति अंगिकार गरेर अगाडि बढ्न सर्कुलरमा भनिएको छ।

त्यस्तै विगतमा बागी बनेका वा कांग्रेसका उम्मेदवार हराउन भूमिका खेलेकाहरूले उपनिर्वाचनमा खेल्ने भूमिकाअनुसार कारबाही फुकुवा, सदस्यता नवीकरण र जिम्मेवारी प्रदान गर्न सर्कुलरमार्फत पार्टी संरचनालाई निर्देशन दिइएको छ।

चुनाव हुने स्थानका नेता कार्यकर्ता क्षेत्रबाहिर रहेको भए सर्कुलरमा फर्केर प्रचारमा समय दिन आग्रह गरिएको छ।

प्रकाशित: ६ मंसिर २०८१ २१:०९ | Thursday, November 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast