स्कुल बसको ठक्करले बालिकाको मृत्यु

हिमाल प्रेस ६ मंसिर २०८१ १७:२१ | Thursday, November 21, 2024
स्कुल बसको ठक्करले बालिकाको मृत्यु

काठमाडौँ- स्कुल बसको ठक्करले धनुषामा तीन वर्षीय बालिकाको मृत्यु भएको छ। धनुषाको धनुषाधाम नगरपालिका–३ मा स्कुल बसको ठक्करले बालिकाको मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय धनुषाधामले वालआवासीय माध्यमिक विद्यालयको ना १ क ९६९६ नम्बरको बसले ठक्करदिँदा स्थानीय सरोज शर्माकी तीन वर्षीया छोरी मानषी शर्माको मृत्यु भएको जानकारी दिएको छ।

दुर्घटनामा परी अचेत अवस्थामा पुगेकी मानषीलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

बस र चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धनुषाधामले जनाएको छ।

प्रकाशित: ६ मंसिर २०८१ १७:२१ | Thursday, November 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast