उपनिर्वाचन पर्यवेक्षण गर्न यी ९ संस्थाले पाए अनुमति

हिमाल प्रेस ४ मंसिर २०८१ १८:३१ | Tuesday, November 19, 2024
उपनिर्वाचन पर्यवेक्षण गर्न यी ९ संस्थाले पाए अनुमति

काठमाडौँ- आसन्न स्थानीय तह उपनिर्वाचनमा पर्यवेक्षण गर्न ९ वटा संस्थाले अनुमति पाएका छन्।

निर्वाचन आयोगले जनप्रशासन संघ, रेडियम लामिछाने स्मृति अध्ययन तथा अनुसन्धान प्रतिष्ठान, नेपाल मानव अधिकार संगठन र सामाजिक परिचालन तथा चेतना अभिवृद्धि समूह नेपाललाई पर्यवेक्षणको अनुमति दिएको छ।

यस्तै केन्द्रीय बहिरा क्याम्पस, सुशासन महासंघ नेपाल, राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति, डेमोक्रेसी रिसोर्स सेन्टर नेपाल र अनौपचारिक क्षेत्र सेवा केन्द्रले निर्वाचन पर्यवेक्षणका लागि अनुमति पाएका आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन्। एक मतदान केन्द्रमा एक संस्थाबाट बढीमा दुई जनासम्म पर्यवेक्षक रहने गरी परिचयपत्र उपलब्ध गराइने आयोगले जनाएको छ।

प्रकाशित: ४ मंसिर २०८१ १८:३१ | Tuesday, November 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast