फाइल तस्बिर।
काठमाडौँ- नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ। बैठक अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय कोटेश्वरस्थित पेरिसडाँडामा बस्नेछ ।
पूर्वसभामुख दमननाथ ढुंगानाको निधन लगायत कारण सोमबार स्थगित भएको बैठक आज बस्ने अध्यक्षको सचिवालयले जनाएको छ।
बैठकमा पार्टीको विधान संशोधन, केन्द्रीय समिति बैठकको तयारी, स्थानीय तह उपनिर्वाचनलगायत विषयमा छलफल हुने नेताहरूले बताएका छन् ।
प्रकाशित: ४ मंसिर २०८१ ७:३५ | Tuesday, November 19, 2024
प्रतिक्रिया




