इजरायली आक्रमणमा हिजबुल्लाह मिडिया प्रमुखको मृत्यु

हिमाल प्रेस ३ मंसिर २०८१ १०:२१ | Monday, November 18, 2024
इजरायली आक्रमणमा हिजबुल्लाह मिडिया प्रमुखको मृत्यु लेबनानको बेरुतको दक्षिणी क्षेत्रमा इजरायली हवाई आक्रमणबाट उठेको धुवाँ। तस्बिर : सिन्हवा/रासस

काठमाडौँ- लेबनानको बेरुत सहरमा इजरायलले गरेको हवाई आक्रमणमा हिजबुल्लाहका मिडिया प्रमुख मोहम्मद अफिफको मृत्यु भएको छ। हिजबुल्लाहले अफिफको निधन भएको पुष्टि गरेको बीबीसीले उल्लेख गरेको छ।

लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा चार जनाको मृत्यु भएको छ। मन्त्रालयले ती व्यक्तिहरूको पहिचान खुलाएको छैन।

अफफि केही सार्वजनिक व्यक्तिहरूमध्ये एक थिए, जो प्रायः सार्वजनिक रुपमा देखिन्थे। उनलाई अन्तिम पटक गत सोमबार एक पत्रकार सम्मेलनका क्रममा देखिएको थियो। लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा १४ जना घाइते भएका छन्।

इजरायलले गत सातादेखि आफ्नो आक्रमण तीव्र बनाएको छ। यसअघि हिजबुल्लाहका नेता हसन नसरल्लाहको पनि आक्रमणमा मृत्यु भएको थियो।

प्रकाशित: ३ मंसिर २०८१ १०:२१ | Monday, November 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast