बसको ठक्करबाट साइकल सवारको मृत्यु

हिमाल प्रेस ३ मंसिर २०८१ ६:३७ | Monday, November 18, 2024
बसको ठक्करबाट साइकल सवारको मृत्यु

काठमाडौँ- सुनसरीको इटहरी उपमहानगरपालिका-१० स्थित खनारमा बसको ठक्करबाट साइकलमा सवार एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीय सम्झना यादव रहेका सुनसरीका प्रहरी नायब उपरीक्षक रामप्रसाद तिम्सिनाले जानकारी दिए। इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको मे१ख ४५७४ नंको बसले ठक्कर दिँदा साइकलमा सवार यादवको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटना गरेर भागेपछि आक्रोशित भएका स्थानीयले खनारको नहर नजिकै बसमा आगजानी गरेका छन्। आगजनीबाट बस पूर्ण रूपले जलेर नष्ट भएको छ। रासस

प्रकाशित: ३ मंसिर २०८१ ६:३७ | Monday, November 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast