नेपाल टेलिकममा रोबोट सेवा सुरु

हिमाल प्रेस २ मंसिर २०८१ १५:२९
नेपाल टेलिकममा रोबोट सेवा सुरु

काठमाडौँ– नेपाल टेलिकमले ग्राहक सेवामा सुधार गर्ने उद्देश्यले रोबोट प्रविधिको प्रयोग सुरु गरेको छ। सुन्धारास्थित टेलिकमको कार्यालयमा आइतबार ‘एआई ज्याक’ नामक रोबोट सेवा सञ्चालन गरिएको कार्यालय प्रमुख दिनेशचन्द्र पन्थीले बताए।

‘कार्यालयमा दैनिक दुई सयदेखि तीन सय सेवाग्राही आउँछन्। जनशक्ति पर्याप्त नहुँदा छिटो सेवा दिन कठिन थियो। अब भने रोबोटले धेरै काम सहज बनाउने अपेक्षा लिएका छौँ,’ उनले भने, ‘सामान्य सोधपुछदेखि एनटीसी सेवाका छसय जति प्रश्नको उत्तर ग्राहकले रोबोटमार्फत सुन्न सक्छन्।’

रोबोटलाई अझै प्रभावकारी बनाउन नयाँ प्रणाली जडान गर्ने योजना रहेको प्रमुख पन्थीले जानकारी दिए। रोबोटले सेवाग्राहीका एनटीसीका विषयमा सोधिएका प्रश्नका जवाफ दिनेछ। साथै कुन सेवा लिन कुन शाखामा जाने नक्शा विवरण पनि रोबोटले दिनेछ। प्रमुख पन्थीले विदेशीलाईसमेत सुविधा दिने उद्देश्यले रोबोटमा अङ्ग्रेजी र नेपाली भाषाबाट सेवाको व्यवस्था मिलाइएको बताए।

प्रकाशित: २ मंसिर २०८१ १५:२९

प्रतिक्रिया

One thought on “नेपाल टेलिकममा रोबोट सेवा सुरु

  1. म नेपाल टेलिकमले प्रदान गरेको सेवा सुधारका प्रयासहरूको सराहना गर्दछु। विश

    मलाई आशा छ, भविष्यमा पनि यस्तै उत्कृष्ट सेवा प्रदान गर्दै जाने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast