काठमाडौँ- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले पार्टीबाट निर्वाचित जनप्रतिनिधिसँग छलफल चलाउने भएको छ।
लोसपाका महासचिव सुरेन्द्र झाका अनुसार आउँदो मंसिर ५ मा जनप्रतिनिधिसँग संवाद चलाउने भएको छ। यससमयमा पार्टीको साधारण सदस्यता वितरणबारे विषयमा छलफल हुनेछ।
गत कात्तिक २९ मा पार्टीका अध्यक्ष महन्थ ठाकुरको उपस्थितिमा सम्पन्न सचिवालय बैठकले लोसपाको सदस्य वितरण अभियानको समयसीमा कात्तिक मसान्तसम्म भएकोमा एक महिना थप गरी मंसिरसम्मको समय निर्धारण गरिएको हो।
सदस्यता वितरण अभियान प्रभावकारी बनाउन प्रतिनिधिसभा निर्वाचन क्षेत्रलाई आधार मानी पार्टीबाट प्रत्येक निर्वाचन क्षेत्रमा एक जना प्रतिनिधि लाई खटाउने निर्णय भएको महासचिव झाले जानकारी दिए।
लोसपाले आउँदो बैशाखमा महाधिवेशन तोकेको छ। महाधिवेशनका लागि सदस्यता वितरणमा पार्टीले
तीव्रता दिएको पार्टीका अर्का महासचिव एवं सचिवालय सदस्य मनिष मिश्रले जानकारी दिए।