एमाले इलाम अध्यक्षमा गणेश बराल, सचिवमा रबिन्द्र सुवेदी

हिमाल प्रेस १ मंसिर २०८१ ७:३३ | Saturday, November 16, 2024
एमाले इलाम अध्यक्षमा गणेश बराल, सचिवमा रबिन्द्र सुवेदी

काठमाडौँ- नेकपा एमाले इलामको अध्यक्षमा गणेश बराल निर्वाचित भएका छन्। पार्टीको ११ औ अधिवेशनमा प्रतिद्वन्द्वी नरेन्द्रनाथ भट्टराईलाई १८६ मतान्तरले हराउँदै बराल अध्यक्षमा निर्वाचित भएका हुन्। बराल यसअघि एमालेको आयोजक कमिटीका अध्यक्ष थिए।

बरालले ३८१ मत प्राप्त गर्दा भट्टराईले १९५ मत प्राप्त गरे। उपाध्यक्षमा उदयबहादुर राई दोहोरिएका छन्। उनले निकटतम प्रतिद्वन्द्वी उमेश गुरुङलाई ६६ मतान्तरले हराउँदै उपाध्यक्षमा निर्वाचित भएका हुन्।

राईले २५० मत प्राप्त गर्दा गुरुङले १८४ मत प्राप्त गरे। त्यसैगरी उपाध्यक्षमा बुद्धि खनाल १३७ ले मत प्राप्त गरे। सचिवमा रामप्रसाद सुवेदी ( रबिन्द्र) निर्वाचित भएका छन्। उनले प्रकाश अधिकारीलाई २४ मतान्तरले पराजित गरे।

सुवेदीले २९२ मत प्राप्त गर्दा अधिकारीले २६८ पाए। त्यसैगरी उपसचिव पुरुषमा रमेश राई निर्वााचित भएका छन्। राईले निकटतम प्रतिद्वन्द्वी छवि श्रेष्ठलाई लाई २६ मतान्तरले पराजित गरे।

राईले १७९ मत प्राप्त गर्दा श्रेष्ठले १५३ मत प्राप्त गरे। त्यसैगरी याम बहादुर राईले १३४ र मानवीर लुहागुनले ५६ मत प्राप्त गरे।महिला उपसचिवमा दिलकुमार लावती (दिलु योङहाङ लावती) निर्वाचित भएकी छन्। उनले विष्णुमाया रिमाल (आचार्य)लाई ९२ मतान्तरले पराजित गरिन्।

लावतीले ३०९ मत प्राप्त गर्दा रिमालले २१७ मत प्राप्त गरिन्।

प्रकाशित: १ मंसिर २०८१ ७:३३ | Saturday, November 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast