कांग्रेसद्वारा जिल्ला समन्वय समितिको उम्मेदवार घोषणा

हिमाल प्रेस २९ कार्तिक २०८१ १४:५६ | Thursday, November 14, 2024
कांग्रेसद्वारा जिल्ला समन्वय समितिको उम्मेदवार घोषणा

कैलाली– नेपाली कांग्रेसले जिल्ला समन्वय समिति कैलालीको प्रमुखका लागि पार्टीबाट टीका चौधरी भुललाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

पार्टीको जिल्ला कार्यसमितिको बैठकले उम्मेदवारीका लागि जिल्ला समन्वय समितिका प्रमुखको उम्मेदवारका लागि भुलको नाम सर्वसम्मतले सिफारिस गरेको हो।

प्रमुख पदको उम्मेदवारका लागि सिफारिस भएका भुल कैलारी गाउँपालिका वडा नं २ को दलित महिला सदस्यको वडा सदस्यमा निर्वाचित भएकी नेपाली कांग्रेसका जिल्ला सचिव नृपबहादुर सुनारले बताए।

जिल्ला समन्वय समिति कैलालीका तत्कालीन समन्वय प्रमुख पदम कलेलको २०७९ पुस २३ गते निधन भएपछि प्रमुखको पद रिक्त रहेको छ। समितिको अध्यक्षका लागि आगामी मंसिर १६ गते उपनिर्वाचन हुने तय भएको छ।

निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्रं), नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीका जनप्रतिनिधिले मतदान गर्न पाउने छन्।

प्रकाशित: २९ कार्तिक २०८१ १४:५६ | Thursday, November 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast