गौचनको निधनले कांग्रेस ‘स्तब्ध’

हिमाल प्रेस २९ कार्तिक २०८१ १४:०२
10
SHARES
गौचनको निधनले कांग्रेस ‘स्तब्ध’ विमला गौतम। फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसले नेपाली कांग्रेसकी नेतृ एवम् गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको निधनप्रति दुःख व्यक्त गरेको छ। कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गरी गण्डकी प्रदेशसभाका सदस्य एवम् नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमितिका सदस्य ६३ वर्षीया विमला गौचनको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

पार्टीको भ्रातृ संस्था नेपाल महिला संघ म्याग्दीकी पूर्वअध्यक्षसमेत रहेकी गौचनको डेँगीको उपचारका क्रममा काठमाडौँको धापासीस्थित ग्रान्डी अस्पतालमा बुधबार राति निधन भएको थियो। उनी राजनीतिसँगै सफल पर्यटन व्यवसायीसमेत हुन्। गौचनले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेकी थिइन्।

गौचनको निधनबाट नेपाली कांग्रेसले एक अनुभवी महिला नेतृत्वलाई गुमाएको कांग्रेसले जनाएको छ । प्रदेशसभा सदस्य गौचनको निधनप्रति कांग्रेस सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन्। देउवाले शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गरेका छन्।

थकाली समुदायकै अगुवा थिइन् विमला गौचन

प्रकाशित: २९ कार्तिक २०८१ १४:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast