‘फक्स न्युज’ का प्रस्तोता अमेरिकाको रक्षामन्त्रीमा मनोनीत

हिमाल प्रेस २८ कार्तिक २०८१ २१:२० | Wednesday, November 13, 2024
‘फक्स न्युज’ का प्रस्तोता अमेरिकाको रक्षामन्त्रीमा मनोनीत

काठमाडौँ- अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले मन्त्रिपरिषदका महत्वपूर्ण पदहरूमा लगातार नियुक्ति गरिरहेका छन्। उनले बुधबार ‘फक्स न्युज’ का प्रस्तोता एवं पूर्वसैनिक पिट हेगसेथलाई रक्षामन्त्री मनोनीत गरेका हुन्।

४४ वर्षीय पिट सेनामा छँदा अफगानिस्तान र इराकमा तैनाथ थिए। ट्रम्पले रक्षामन्त्रीका लागि पिटको नाम घोषणा गर्दै उनलाई मजबुत, बौद्धिक र ‘अमेरिका फर्स्ट ’ मा विश्वास राख्ने व्यक्ति बतए।

मिनेसोटाको मिनियापोलिसमा जन्मिएका पिट आफ्नी श्रीमती र सात बच्चाका साथ टेनेसीमा बस्ने गरेका छन्। उनले ‘फक्स न्युज’ मा सैन्य मुद्दासँग जुडेका कैयौँ कार्यक्रम प्रस्तुत गरेका छन्। ‘फक्स न्युज’ मा उनको अन्तिम दिन मंगलबार थियो।

ट्रम्पको राष्ट्रपति पदको सपथग्रहण २० जनवरी २०२५ मा हुनेछ। त्यसपछि उनले आधिकारिक रूपले राष्ट्रपति पदको शक्ति हासिल गर्नेछन्।

प्रकाशित: २८ कार्तिक २०८१ २१:२० | Wednesday, November 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast