रुपन्देहीमा बयान सकेर रविलाई पोखरा फर्काउने तयारी

हिमाल प्रेस २८ कार्तिक २०८१ ७:३९ | Wednesday, November 13, 2024
रुपन्देहीमा बयान सकेर रविलाई पोखरा फर्काउने तयारी फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको रूपन्देहीमा आज पनि बयान हुने भएको छ। मंगलबार करिब ५ घण्टासम्म उनको बयान लिइएको थियो।

आज बिहान १० बजेदेखि सरकारी वकिलको कार्यालयमा पुन: बयान सुरु हुने रुपन्देही प्रहरीले जनाएको छ। जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलसहित ६ जना न्यायाधिवक्ता तथा प्रहरी अधिकारीहरूको उपस्थितिमा उनको बयान भइरहेको छ।

लामिछानेलाई जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा राखिएको छ। बयान सकिएपछि उनलाई फेरि पोखरा ल्याउने तयारी छ। प्रहरीका अनुसार आजै उनलाई पोखरा ल्याउने छ।

मंगलबारको बयानमा लामिछानेले आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन्। आफूमाथि लागेको आरोप अस्वीकार गर्दै लामिछानेले यो विषय जीबी राईलाई थाहा भएको र आफूलाई राजीतिक पूर्वाग्राहले फसाइएको बयान दिएको प्रहरी स्रोतले जानकारी दिएको छ।

पोखराको सूर्यदर्शन सहकारीको रकम हिनामिनामा संलग्न रहेको आरोपमा पक्राउ परेका लामिछानेमाथि बुटवलमा रहेको सुप्रिम सहकारीको रकम समेत हिनामिनामा संलग्न रहेको आरोप छ। सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको १४ करोड २९ लाख गोर्खा मिडिया नेटवर्कमा अवैध किसिमले लागिएको संसदीय छानबिन समितिले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।

प्रकाशित: २८ कार्तिक २०८१ ७:३९ | Wednesday, November 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast