दुई हजार ४ सयले घट्यो सुनको भाउ

हिमाल प्रेस २७ कार्तिक २०८१ १२:०३ | Tuesday, November 12, 2024
दुई हजार ४ सयले घट्यो सुनको भाउ

काठमाडौँ- स्थानीय बजारमा सुनको मूल्य दुई हजार चार सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला एक लाख ६५ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज एक लाख ६२ हजार ६०० रुपैयाँमा किनबेच भइरहेको छ।

यसैगरी, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले घटेको छ। सोमबार प्रतितोला एक हजार ९५५ रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ९२५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

प्रकाशित: २७ कार्तिक २०८१ १२:०३ | Tuesday, November 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast