वडा कमिटीका अध्यक्षसहित ११ जनाले त्यागे माओवादी केन्द्र

हिमाल प्रेस २६ कार्तिक २०८१ १२:५६ | Monday, November 11, 2024
वडा कमिटीका अध्यक्षसहित ११ जनाले त्यागे माओवादी केन्द्र

काठमाडौँ- नेकपा माओवादी केन्द्र काठमाडौँ महानगरपालिका-१६ वडा कमिटीका अध्यक्ष सुदन थापासहित ११ जनाले पार्टी परित्याग गरेका छन्। उपचुनावको मुखैमा उनीहरूले पार्टी त्यागेका हुन्।

 उनीहरूद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘देशको वर्तमान राजनीतिक परिस्थिति तथा पुराना दलहरूप्रति जनतामा बढ्दो निराशाको गम्भीर समीक्षा तथा विश्लेषण गर्दै हामी नेकपा (माओवादी केन्द्र) को काठमाडौँ महानगरपालिका वडा नं- १६ वडा कमिटीको विभिन्न पदीय जिम्मेवारी तथा साधारण सदस्यसमेत नरहने गरी दल परित्याग गरेको घोषणा गर्दछौं।’

पार्टी परित्याग गर्नेहरूमा अध्यक्ष सुदन थापा, उपाध्यक्ष महेन्द्र कुमार श्रेष्ठ र सदस्यहरूमा अनमोल राणा, सानु श्रेष्ठ, भीम खपाङ्गी, भरत श्रेष्ठ, ऋषिराम श्रेष्ठ, गजबहादुर बराल, यमूना केसी, उत्तर कुमार श्रेष्ठ र सुन माया तामाङ रहेका छन्।

वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी

माओवादी परित्याग गरेका उनीहरू आगामी मंसिर १६ गते हुने उपचुनावको तयारीमा छन्। देवेन्द्रकुमार श्रेष्ठले स्वतन्त्र उम्मेदवारी घोषणा गरिसकेका छन्। विज्ञप्तिमा थप भनिएको छ,‘काठमाडौँ महानगरपालिका वडा नं १६ को आसन्न उपनिर्वाचनमा उपयुक्त र सक्षम गैरदलीय स्वतन्त्र उम्मेदवारलाई सघाउन स्थानीय जनतासँग सल्लाह सुझावसहित सहकार्य गर्न सधैँ तत्पर रहनेछौं।’

माओवादी केन्द्रले दिलीप वन्तलाई वडा अध्यक्षको उम्मेदवार सिफारिस गरेको छ। वडा अध्यक्ष मुकुन्द रिजालको निधन भएपछि उक्त वडामा पनि उपचुनाव हुन लागेको हो।

प्रकाशित: २६ कार्तिक २०८१ १२:५६ | Monday, November 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast