रविलाई अदालतमा पेस गरिँदै, प्रदर्शनको तयारीमा रास्वपा

हिमाल प्रेस २५ कार्तिक २०८१ ८:३५ | Sunday, November 10, 2024
रविलाई अदालतमा पेस गरिँदै, प्रदर्शनको तयारीमा रास्वपा रवि लामिछाने। फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई आज (आइतबार) फेरि म्याद थपका लागि अदालतमा उपस्थित गराइने भएको छ।

उनीविरुद्ध अनुसन्धानका लागि अदालतले पछिल्लो पटक थप गरेको १० दिनको म्याद सकिएपछि आज अदालतमा उपस्थित गराउन लागिएको कास्की प्रहरीले जनाएको छ।

प्रहरीलाई उनीविरुद्धको अनुसन्धानका लागि अदालतले गत कात्तिक २० गते १० दिनको म्याद दिएको थियो।उनीविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दामा अनुसन्धान भइरहेको छ।

यसैबीच आफ्ना सभापतिको पक्षमा निरन्तर आन्दोलनमा उत्रिएको रास्वपाले आज पनि पोखरामा प्रदर्शन गर्ने भएको छ।

रास्वपाले बिहान १० बजे पोखराको जिरोमा समर्थकहरूलाई भेला हुन भनेको छ। त्यहाँबाट वाइचोकमा पुगेर सभा आयोजना गर्ने तयारी रहेको बताइएको छ। हिजो काठमाडौंमा बसेको रास्वपा केन्द्रीय समिति वैठकले दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गर्दै सरकारविरुद्ध सशक्त प्रदर्शन गर्ने निर्णय गरेको थियो।

प्रकाशित: २५ कार्तिक २०८१ ८:३५ | Sunday, November 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast