 च्यासलमा एमालेको सचिवालय बैठक। तस्बिर : ओली सचिवालय
                             च्यासलमा एमालेको सचिवालय बैठक। तस्बिर : ओली सचिवालय
                                            काठमाडौँ- सत्तारुढ दल नेकपा एमाले सचिवालय बैठक केही बेरअघि ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालय सुरु भएको छ ।
आज बिहान ११ बजेका लागि आह्वान गरिएको बैठक दुई घण्टा ढिलो सुरु भएको हो।
एमाले प्रचार विभागप्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा समसामयिक राजनीतिक विषय, सरकार सञ्चालन गर्न गठित समन्वय संयन्त्रको प्रभावकारिता, आगामी महिना स्थानीय तहमा रिक्त विभिन्न पदका लागि हुने उपनिर्वाचन, पार्टीको आन्तरिक व्यवस्थापनलगायत विषयमा छलफल हुनेछ।
                            प्रकाशित: २४ कार्तिक  २०८१ १३:३७ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
 