बंगलादेशका हिन्दु समुदायको सुरक्षा गर्न भारतको आग्रह

हिमाल प्रेस २२ कार्तिक २०८१ २१:२२
18
SHARES
बंगलादेशका हिन्दु समुदायको सुरक्षा गर्न भारतको आग्रह

काठमाडौँ- भारतले बंगलादेशको चटगाउँमा हिन्दु समुदायमाथि भएको आक्रमणमा सहभागीलाई कडा कारबाही गर्न माग गरेको छ। बंगलादेशमा हिन्दु समुदायसँग सम्बन्धित समाचारलाई लिएर भारतीय परराष्ट्र मन्त्रालयले प्रतिक्रिया दिएको बीबीसीले जनाएको छ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले बिहीबार साप्ताहिक पत्रकार सम्मेलनमा भने, ‘चटगाउँमा हिन्दु समुदायमाथि आक्रमण भएको छ। उनीहरूको सम्पत्ति र पसल लुटिएको छ। सामाजिक सञ्जालमा हिन्दु संगठनहरूलाई लक्षित गर्दै गरिएको भड्काउने पोस्टपछि यस्तो आक्रमण भएको हो।’

उनले बंगलादेश सरकारलाई हिन्दुहरूको सुरक्षाको सुनिश्चित गर्न माग गरे। साथै उनले चरमपन्थी तत्त्वहरूविरुद्ध कडा कारबाहीको माग गरेका छन्।

बंगलादेशमा सत्ता परिवर्तनपछि हिन्दु अल्पसंख्यकहरूमाथि पटक–पटक आक्रमणका समाचार आएका थिए। अगस्टमा प्रधानमन्त्री नरेन्द्र मोदी र मोहम्मद युनुसबीच फोनमार्फत कुराकानी भएको थियो।

मोहम्मद युनुससँग कुराकानीपछि प्रधानमन्त्री मोदीले भनेका थिए, ‘लोकतान्त्रिक, स्थिर, शान्तिपूर्ण र प्रगतिशील बंगलादेशका लागि भारतको समर्थन पुनः दोहोर्‍याएको छु।’ युनुसले बंगलादेशमा हिन्दुहरू र सबै अल्पसंख्यकहरूको सुरक्षाको आश्वासन दिएका छन्।

बंगलादेशमा प्रदर्शनहरूपछि सेख हसिनाले प्रधानमन्त्री पद त्यागेकी थिइन्। त्यसपछि उनी भारतमा शरण लिइरहेकी छिन्। अहिले बंगलादेशमा अन्तरिम सरकारको प्रमुख मोहम्मद युनुस छन्।

बंगलादेशमा धार्मिक अगुवामाथि देशद्रोहको मुद्दा, हिन्दु समुदाय आक्रोशित

प्रकाशित: २२ कार्तिक २०८१ २१:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =