अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै श्रद्धालु [तस्बिरहरू]

हिमाल प्रेस २२ कार्तिक २०८१ १६:५३
10
SHARES
अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै श्रद्धालु [तस्बिरहरू] राष्ट्रपति रामचन्द्र पौडेल छठ पर्वको अवसरमा बिहीबार काठमाडौँको कमलपोखरीमा छठी माताको पूजा अर्चनापश्चात् अस्ताउँदो सूर्यलाई अर्घ दिँदै। तस्बिर : रासस

काठमाडौँ- छठ पर्वको तेस्रो दिन बिहीबार अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिइएको छ। तराईमधेशसहित देशभरका पोखरी, नदी, तलाउ, जलाशयहरूमा भेला भएका ब्रतालुले सूर्यलाई अर्घ्य दिएका छन्। बुधबार साँझ खरना सकिएसँगै ब्रतालुले पोखरीका घाटहरूमा पूजाका सामग्री पुर्‍याइसकेका थिए।

राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौँको कमलपोखरीमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन्।

अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिइसकेपछि पूजन समाग्रीहरु घाटमै राखेर ब्रतालुहरू रातभर जाग्राम बस्ने गर्दछन्। शुक्रबार बिहान ब्रतालुहरूले उदाउँदै गरेको सूर्यालाई अर्घ्य दिएपछि छठ पर्व सम्पन्न हुनेछ। छठको अन्तिम दिनलाई पारन भनिन्छ। सूर्योदय हुनुपूर्व परिवारका सदस्यहरू फेरि जलाशयमा पुगेर श्रद्धा र भक्ति भावका साथ पूजा गर्ने गर्दछन्।

देशभर प्रसिद्ध जनकपुरको छठ हेर्न ठूलो संख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरू पुगेका छन्।

इटहरीको वृद्धगंगामा छठ पूजाका लागि भेला भएका श्रद्धालु। तस्बिरहरू : विवेक विवश रेग्मी

जनकपुरको गंगासागर पोखरीमा सूर्यलाई अर्घ्य दिँदै श्रद्धालु। तस्बिरहरू : हिमालप्रेस

छठ पर्वका अवसरमा बिहीबार काठमाडौँको कमलपोखरीमा छठी माताको पूजा आराधना गर्दै भक्तजन। तस्बिर : रासस
सर्लाहीको मलंगवा नगरपालिका–९ स्थित जनसागर पोखरीमा छठ पर्वको मुख्य दिन बिहीबार अस्ताउँदो सूर्यलाई अर्घ दिन छठ घाटमा पूजा सामग्रीसहित तयारी अवस्थामा रहेका ब्रतालु। तस्बिर : रासस
धनुषाको जनकपुरधामस्थित गंगासागर पोखरीमा छठपूजाका लागि राखिएका पूजा सामग्री। तस्बिर : रासस
सुनसरीको इनरुवा नगरपालिकाऔ२ स्थित नहर वरिपरि छठ पूजाका लागि सजाइएको पूजास्थल। तस्बिर : रासस
महोत्तरीको जलेश्वर नगरपालिका-१ स्थित पवित्र पोखरी वरूण सरोवर परिसरमा छठी मातालाई चढाउन राखिएका फलफूललगायत पूजाका सामग्री। तस्बिर : रासस
मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित भुल्के देवी परिसरमा सलकपुर छठ सेवा समितिद्वारा सिँगारिएको छठ घाट।  तस्बिर : रासस
महोत्तरीको जलेश्वर नगरपालिका- १ स्थित पवित्र पोखरी वरूण सरोवर परिसरमा छठी मातालाई चढाउन राखिएका फलफूललगायत पूजाका सामग्री। तस्बिर : रासस
वीरगन्जको घडीअर्वा पोखरीमा अस्ताउँदो सूर्यलाई अर्घ दिनका लागि पूजा सामग्रीसहित छठ घाटमा बसेका भक्तजन। तस्बिर : रासस
सिरहाको लहानस्थित खुट्टीखोला किनारमा निर्माण गरिएको छठ घाट। तस्बिर : रासस
धनुषाको जनकपुरधामस्थित गंगासागर र धनुषसागर पोखरी, जानकी मन्दिरलगायतको दृश्य। छठ पर्वका अवसरमा यहाँका पोखरी, तलाउलगायतका छठघाट सिँगारिएको छ। तस्बिर : रासस
प्रकाशित: २२ कार्तिक २०८१ १६:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast