कोशी, गण्डकी र सुदूरपश्चिममा वर्षाको सम्भावना

हिमाल प्रेस २२ कार्तिक २०८१ ६:३९
26
SHARES
कोशी, गण्डकी र सुदूरपश्चिममा वर्षाको सम्भावना

काठमाडौँ- देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। जसको प्रभावले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।

कोशी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

आज राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित: २२ कार्तिक २०८१ ६:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast