लक्ष्मीरत्न तुलाधर
काठमाडौँ- नेकपा (एमाले)ले काठमाडौँ महानगरपालिका वडा नम्बर १६ को अध्यक्ष पदको उम्मेदवार टुंगो लगाएको छ। मंसिर १६ मा हुने उपनिर्वाचनमा लक्ष्मीरत्न तुलाधरलाई उम्मेदवार बनाउन एमालेको वडा, महानगर र जिल्ला कमिटीले सिफारिस गरेको एमाले काठमाडौँका अध्यक्ष दीपक निरौलाले जानकारी दिए।
कांग्रेसबाट निर्वाचित मुकुन्द रिजालको निधन भएसँगै यहाँ अध्यक्ष पद रिक्त छ। पदपूर्तिका लागि मंसिर १६ मा उपनिर्वाचन हुँदैछ। तुलाधर २०७९ को निर्वाचनमा कांग्रेसका रिजालसँग पराजित उम्मेदवार हुन्। तुलाधरले तीनहजार तीनसय १० मत पाउँदा निर्वाचित रिजालले चार हजार १९ मत पाएका थिए।
प्रकाशित: २१ कार्तिक २०८१ १६:०१ | Wednesday, November 6, 2024
प्रतिक्रिया





