कोशीका कानुनमन्त्री अधिकारीले दिए राजीनामा

हिमाल प्रेस २१ कार्तिक २०८१ १२:५८
20
SHARES
कोशीका कानुनमन्त्री अधिकारीले दिए राजीनामा

इटहरी-  कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले पदबाट राजीनामा दिएका छन्।

मन्त्रिपरिषद्बाट भ्रमण स्वीकृत नगरी जापान गएको विषय विवादमा परेपछि उनले बुधबार राजीनामा दिएका हुन्। अधिकारीले मुख्यमन्त्री हिक्मतकुमार कार्की समक्ष राजीनामा बुझाइसकेको जानकारी दिएका छन्। मन्त्रीहरूले विदेश भ्रमणमा जाँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत परराष्ट्र मन्त्रालयको सहमति लिनुपर्ने र विदेश भ्रमणको सहमतिका लागि परराष्ट्र मन्त्रालयमा लेखिपठाउँदा प्रदेश मन्त्रिपरिषद्को निर्णयसहित पठाउनुपर्ने व्यवस्था छ।

तर, मन्त्री अधिकारी मन्त्रिपरिषद्को निर्णयबिना नै जापान पुगेर फर्किएपछि आलोचित भएका थिए। उनको जापान भ्रमण कूटनीतिक मर्यादाविपरीत थियो। जापानमा हुने एक कार्यक्रममा सहभागी हुन भन्दै अधिकारी गत कात्तिक १३ गते त्यसतर्फ प्रस्थान गरेका थिए।

मुख्यमन्त्रीको अनुमतिबिना जापान जाने मन्त्रीको राजीनामा!

प्रकाशित: २१ कार्तिक २०८१ १२:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast