रास्वपा समर्थकले निषेधित क्षेत्र तोडेपछि चार सेल अश्रुग्यास प्रहार गर्‍यौँ : प्रहरी

हिमाल प्रेस २० कार्तिक २०८१ १३:२४
10
SHARES
रास्वपा समर्थकले निषेधित क्षेत्र तोडेपछि चार सेल अश्रुग्यास प्रहार गर्‍यौँ : प्रहरी पोखरामा रवि लामिछाने पक्राउको विरुद्धमा सडकमा उत्रिएका कार्यकर्ता। तस्बिर : रास्वपा फेसबुक पेज

काठमाडौँ- राष्ट्रिय स्वतन्‍त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउको विरोधमा उत्रिएका कार्यकर्तामाथि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ।

मंगलबार प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि अश्रुग्यास प्रहार गरेको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए। वाइचोकबाट प्रदर्शनकारी निषेधित क्षेत्र तोकिएको सहिदचोकतर्फ जान खोजेपछि प्रहरीले चार सेल अश्रुग्यास प्रहार गरेको हो।

रास्वपा सभापति रवि लामिछाने, पूर्व डीआईजी छविलाल जोशीलगायतलाई मंगलबार जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ।

प्रकाशित: २० कार्तिक २०८१ १३:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =