कति हुन्छ अमेरिकी राष्ट्रपतिको तलब?

हिमाल प्रेस १९ कार्तिक २०८१ २१:५८
30
SHARES
कति हुन्छ अमेरिकी राष्ट्रपतिको तलब? अमेरिकी राष्ट्रपति निवास ह्वाइटहाउस। तस्बिर : एपी/रासस

काठमाडौँ- अमेरिकी राष्ट्रपति‌ संसारका सबैभन्दा शक्तिशाली व्यक्तिमध्ये एक हुन्। यसैले धेरैका मनमा प्रश्न आउन सक्छ– अमेरिकी राष्ट्रपतिले कति तलब पाउँछन्? अमेरिकी राष्ट्रपतिको तलब औसत नागरिकको भन्दा छ गुणाभन्दा बढी हुन्छ। एक सामान्य अमेरिकी नागरिकले वार्षिक ६३ हजार ७९५ डलर कमाउँछन्।

अमेरिकाका शीर्ष धनाढ्यहरूले वार्षिक औसतमा ७ लाख ८८ हजार डलर कमाउँछन् तर अमेरिकी राष्ट्रपतिको तलब यसको लगभग आधा मात्र हुन्छ। राष्ट्रपति जो बाइडनलाई वार्षिक ४ लाख डलर तलब प्रदान गरिन्छ। यसका अतिरिक्त राष्ट्रपतिलाई खर्चका रूपमा थप ५० हजार डलर उपलब्ध गराइन्छ।

वासिङ्टन डीसीस्थित ह्वाइट हाउस अमेरिकी राष्ट्रपतिको आधिकारिक निवास र कार्यालय हो। यहाँ बस्नका लागि राष्ट्रपतिले केही तिर्नु पर्दैन। राष्ट्रपति पहिलो पटक ह्वाइट हाउस प्रवेश गरेपछि उनलाई एक लाख डलर प्रदान गरिन्छ, जुन रकम उनी आफ्नो चाहनाअनुसार घरको सजावटमा खर्च गर्न सक्छन्।

राष्ट्रपतिलाई मनोरञ्जन, स्टाफ र भान्साका लागि वार्षिक १९ हजार डलर उपलब्ध गराइन्छ। अमेरिकी राष्ट्रपतिका स्वास्थ्य सेवाहरू निःशुल्क छन्। राष्ट्रपतिलाई यात्रा गर्नका लागि अत्याधुनिक कार, एक हेलिकप्टर र एयर फोर्स वन नामक एक विमान उपलब्ध गराइन्छ।

राष्ट्रपतिको कार आधुनिक सुरक्षा र सञ्चार प्रणालीबाट सुसज्जित हुन्छ। यस्ता कार राष्ट्रपतिको चाहनाअनुसार समयसमयमा आवश्यक परिमार्जन गरिन्छ। थप सुरक्षाका लागि पनि नियमित रूपमा परिवर्तन गरिन्छ।

एयर फोर्स वन विमानमा राष्ट्रपतिले आफ्नो दैनिक काम गर्नका लागि सबै आवश्यक सुविधा हुन्छन्। एयर फोर्स वनमा राष्ट्रपतिसँगै झन्डै १०० सदस्यको स्टाफ पनि यात्रा गर्न सक्ने व्यवस्था हुन्छ।

हरेक सार्वजनिक अधिकारीको हरेक वर्ष वा समयसमयमा तलब वृद्धि हुन्छ तर अमेरिकी राष्ट्रपति‌को तलब २००१ पछि बढेको छैन। सन् २००१ मा जब जर्ज डब्ल्यू बुसले कार्यभार सम्हालेका बेला तलब बढाइएको थिाये। त्यसयता राष्ट्रपतिको तलब नबढेको बीबीसीले जनाएको छ। अमेरिकाका पूर्वराष्ट्रपति‌लाई वार्षिक जीवनभर २ लाख ४० हजार डलर पेन्सन प्रदान गरिन्छ। बीबीसीको सहयोगमा

प्रकाशित: १९ कार्तिक २०८१ २१:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast