सरकार छिटोछिटो परिर्वतन हुँदा कानुन निर्माण प्रभावित भयो : उपाध्यक्ष घिमिरे

हिमाल प्रेस १५ कार्तिक २०८१ ११:४१ | Thursday, October 31, 2024
सरकार छिटोछिटो परिर्वतन हुँदा कानुन निर्माण प्रभावित भयो : उपाध्यक्ष घिमिरे राष्टियसभा उपाध्यक्ष विमला घिमिरे।

काठमाडौँ- राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरेले सरकार छिटोछिटो परिर्वतन हुँदा कानुन निर्माणको काम पनि प्रभावित भएको बताएकी छन्।

सुनवल नगरपालिकामा आयोजित कार्यक्रममा बोल्दै उपाध्यक्ष घिमिरेले सरकार र मन्त्री परिर्वतन छिटोछिटो हुँदा विधेयक अघि बढाउनै नसकिएको बताए।

‘व्यवस्थापिकाका तर्फबाट हामीले छिटोछिटो अत्यावश्यक कानुन बनाउनका लागि विधेयक अघि बढाउन सरकारलाई आग्रह गर्छौं,’ उनले भने, ‘छिटोछिटो सरकारसँगै मन्त्री परिर्वतन हुँदा विधेयक नै अघि बढ्न सकिरहेका छैनन्, जसले गर्दा अत्यावश्यक कानुन निर्माणको काम पनि प्रभावित बन्न पुगेको छ।’

संविधानअनुसार बाझिएका कानुनहरू सुधारका लागि सरकारको ध्यानाकर्षण गराउन राष्ट्रियसभाले पटकपटक ध्यानाकर्षण गराएको चर्चा गर्दै उपाध्यक्ष घिमिरे संसदको आगामी हिउँदे अधिवेशनबाट धेरै विधेयक पास हुने विश्वास पनि व्यक्त गरिन्।

प्रकाशित: १५ कार्तिक २०८१ ११:४१ | Thursday, October 31, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast