काठमाडौँ- सुनको मूल्यले उच्च मूल्यको रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलाको १ लाख ७१ हजार रुपैयाँ कायम हुँदै रेकर्ड कायम गरेको हो ।
यो अहिलेसम्मकै उच्च मूल्य हो। यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख ७० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य भने घटेको छ। बिहीबार चाँदी तोलामा ३० रुपैयाँले घटेर प्रतितोला २ हजार ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
प्रकाशित: १५ कार्तिक २०८१ १०:५४
प्रतिक्रिया