कांग्रेसले गठन गर्‍यो स्थानीय तह उपनिर्वाचन केन्द्रीय संयोजन समिति

हिमाल प्रेस १४ कार्तिक २०८१ १७:०५
24
SHARES
कांग्रेसले गठन गर्‍यो स्थानीय तह उपनिर्वाचन केन्द्रीय संयोजन समिति विश्वप्रकाश शर्मा

काठमाडौँ- नेपाली कांग्रेसले स्थानीय तह उपनिर्वाचन केन्द्रीय संयोजन समिति गठन गरेको छ। पार्टी सभापति शेरबहादुर देउवाले बुधबार नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) बमोजिम महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा स्थानीय तह उपनिर्वाचन-२०८१ केन्द्रीय संयोजन समिति गठन गरेका हुन्।

समितिमा सहमहामन्त्रीहरू महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्देम्बे, महेन्द्र यादव र जीवन परियार सदस्य छन्। यसैगरी समितिका अन्य सदस्हरूमा प्रवक्ता प्रकाशशरण महत, केन्द्रीय सदस्यहरू पुष्पा भुसाल, मीन विश्वकर्मा र मधु आचार्य छन्। समितिको सदस्यसचिव प्रकाश शर्मा तोकिएको कांग्रेसले जनाएको छ।

प्रकाशित: १४ कार्तिक २०८१ १७:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast