भरतपुर महानगरमा छोरी बिमा कार्यक्रम

हिमाल प्रेस १४ कार्तिक २०८१ ९:३९ | Wednesday, October 30, 2024
भरतपुर महानगरमा छोरी बिमा कार्यक्रम

चितवन- भरतपुर महानगरपालिकाले सञ्चालन गरेको छोरीको जीवन बिमा कार्यक्रममा आठ सय ९१ जना छोरीको बिमा भएको छ।

भरतपुर महानगरपालिकाका स्थायी बासिन्दाबाट सरकारी स्वास्थ्य संस्थामा जन्मिएका छोरीको बिमा गरिएको हो। स्वास्थ्य तथा सामाजिक विकास महाशाखा निर्देशक शान्ताकुमारी पौडेलका अनुसार आर्थिक वर्ष २०७९/८० मा तीन सय ३८, आव २०८०/८१ मा चार सय १३ र चालु आवको हालसम्म एक सय ४० जना छोरीको बीमा भएको छ।

महानगरपालिकाले राष्ट्रिय बिमा कम्पनीमा बिमाबापत १५ वर्षसम्ममा ५० हजार रुपैयाँ बुझाउने गर्दछ। सोपश्चात बीमा कम्पनीले बिमितलाई एक लाख रुपैयाँ प्रदान गर्ने उनले बताए।

पौडेलले भने, ‘अहिले हामीले बीमा भइसकेका छोरीहरूका लागि वार्षिक तीन हजार तीन सय २७ रुपैयाँ नवीकरण शुल्क बुझाउने गरेका छौँ।’

समाजमा छोराछोरी बराबरी हुन् भन्ने सन्देश दिँदै छोरी गर्भमा भएमा गर्भपतनसम्म गराउने परिपाटीको अन्त्य गराउन बिमा कार्यक्रम प्रभावकारी हुने उनले बताए। महानगरपालिकाले छोरी लक्षित विभिन्न कार्यक्रम विद्यालयमार्फत पनि सञ्चालन गर्दै आएको छ।

प्रकाशित: १४ कार्तिक २०८१ ९:३९ | Wednesday, October 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast