संसदीय पत्रकारितालाई विवेकपूर्णरूपमा प्रयोग गर्न कर्णाली उपसभामुखको सुझाव

हिमाल प्रेस १२ कार्तिक २०८१ २०:४३
संसदीय पत्रकारितालाई विवेकपूर्णरूपमा प्रयोग गर्न कर्णाली उपसभामुखको सुझाव

सुर्खेत- संसदीय पत्रकारितालाई विवेकपूर्णरुपमा प्रयोग गर्न सुझाव दिइएको छ। संसदीय मामिला पत्रकार समाज कर्णाली प्रदेशले संसद सहयोग परियोजनामार्फत संसदीय रिपोर्टिङ सम्बन्धी दुईदिने क्षमता अभिवृद्धि तालिममा कर्णाली प्रदेशसभाका उपसभामुख यशोदा न्यौपानेले सुझाव दिइन्।

उनले पत्रकारिताको अन्य विधाको तुलनामा संसदीय पत्रकारिता केही फरक विशिष्ट भएकोले यसलाई विवेकपूर्ण रूपमा प्रयोग गर्नुपर्ने बताइन्। संसद् समाचारको नियमित स्रोत पनि भएको चर्चा गर्दै उनले कर्णाली प्रदेशसभाले खुला संसदको अभ्यास चलाएको जानकारी दिइन्। संसदीय पत्रकारिताको आफ्नै गरिमा र सम्मान हुने भएकोले तालिमले आगामी दिनमा संसदीय रिपोर्टिङ गर्न सहज पुग्ने विश्वास व्यक्त गरेकी छन्।

नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका अध्यक्ष ललित बसेलले संसदीय रिपोर्टिङसम्बन्धी तालिमले आगामी दिनमा संसदीय पत्रकारिता गर्ने पत्रकारहरूलाई टेवा पुग्ने बताए।

दुई दिनसम्म सञ्चालन हुने तालिममा पत्रकार महासंघका पूर्व अध्यक्ष शिव गाउँले, संसदीय पत्रकार मामिला समाजका पूर्व अध्यक्ष नारायण काफ्ले, पत्रकार विनु सुवेदी, कर्णाली प्रदेशसभाका सचिव जीवराज बुढाथोकीले प्रशिक्षण दिने संसदीय पत्रकार मामिला समाज कर्णाली प्रदेश अध्यक्ष देव रानाले बताए। तालिममा २५ जना पत्रकारहरू सहभागी छन्।

प्रकाशित: १२ कार्तिक २०८१ २०:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − eleven =