इजरायलले शरणार्थी शिविरमा आक्रमण गर्‍यो : हमास

हिमाल प्रेस १२ कार्तिक २०८१ १३:३४ | Monday, October 28, 2024
इजरायलले शरणार्थी शिविरमा आक्रमण गर्‍यो : हमास फाइल तस्बिर

काठमाडौँ- इजरायलले गजास्थित एक विद्यालयमा विस्थापितहरूका लागि बनाइएको शरणार्थी शिविरमा आक्रमण गरेको हमासले जनाएको छ। इजरायलको पछिल्लो आक्रमणमा परी कैयौँ शरणार्थीहरूको ज्यान गएको हमासले बताएको छ।

यद्यपि इजरायली आक्रमणमा परी मृत्यु हुनेहरूको संख्याबारे प्रस्ट पारिएको छैन। गजास्थित हमासको नागरिक सुरक्षा एजेन्सीले सामाजिक सञ्जाल टेलिग्राममा एक सन्देश जारी गर्दै आक्रमणमा मृत्यु भएकाहरूको शव बरादम भएको जनाएको छ।

सुरक्षा एजेन्सीले घाइतेहरूको उद्धार गरी अन्यको खोजी भइरहेको बताएको बीबीसीले जनाएको छ।

प्यालिस्टिाइनी समाचार एजेन्सी वफा र समाचार एजेन्सी रोयटर्सले जनाएअनुसार मृतकमध्ये तीन जना पत्रकारहरू पनि छन्।

यसैबीच संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसले पनि उत्तरी गजामा इजरायलको आक्रमणमा परी भइरहेको मृत्युप्रति चिन्ता व्यक्त गरेका छन्।

गजामा स्थानीयवासीलाई खान र बस्न समस्या भइरहेको उनले बताएका छन्।

प्रकाशित: १२ कार्तिक २०८१ १३:३४ | Monday, October 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast