घर बिदामा स्वदेश फर्किएका घरेलु महिला कामदारलाई श्रम स्वीकृति दिइने

हिमाल प्रेस ९ कार्तिक २०८१ १७:२० | Friday, October 25, 2024
घर बिदामा स्वदेश फर्किएका घरेलु महिला कामदारलाई श्रम स्वीकृति दिइने

काठमाडौँ- बिदामा स्वदेश फर्किएका घरेलु महिला कामदारलाई श्रम स्वीकृति दिइने भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद्सिंह भण्डारीले आज (शुक्रबार) मन्त्रालय र मातहतका निकायहरूको प्रगति र आगामी योजनाको बारेमा आयोजित अन्तर्क्रिया कार्यक्रममा वैदेशिक रोजगारीबाट फर्किएका महिलालाई श्रम स्वीकृति दिने बताएका हुन्।

२०७२ सालयता खाडीका देश र मलेसिया गाएका महिला कामदारलाई श्रम स्वीकृतमा रोक लगाएको छ। जसकारण फर्किन नपाउने डरले महिला कामदर स्वदेश नफर्किएर रोजगारदाता देशमै लुकेर बस्न बाध्यता भएको उनको भनाइ छ।

सरकारले कामदारको समस्यालाई मध्यनजर गर्दै घर बिदामा आएका महिला कामदारलाई पुनः श्रम स्वीकृति दिने मन्त्री भण्डारीको भनाइ छ।

प्रकाशित: ९ कार्तिक २०८१ १७:२० | Friday, October 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast