कञ्चनपुरमा मृत भेटिए दम्पती, अनुसन्धान हुँदै 

हिमाल प्रेस ९ कार्तिक २०८१ १०:५१ | Friday, October 25, 2024
कञ्चनपुरमा मृत भेटिए दम्पती, अनुसन्धान हुँदै  प्रतिनिधिमूलक तस्बिर

कञ्चनपुर- लालझाडी गाउँपालिका-१ विनाबारीका ४५ वर्षीय रमेश बडायक र उनकी श्रीमती ४३ वर्षीया कमला बिछ्यौनामा मृत फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेशप्रसाद जोशीका अनुसार दुवै जनालाई आज बिहान मृत फेला पारिएको हो।

‘घटना शंकास्पद छ,’ उनले भने, ‘मृतको शरीरमा धारिलो हतियार प्रयोग भएको डाम देखिएको छ, घटनास्थलमा रगत पनि देखिएकाले अनुसन्धान थालिएको छ।’

उनीहरूलाई मृत फेला देखेपछि स्थानीयले प्रहरीलाई बिहान खबर गरेका थिए।

प्रकाशित: ९ कार्तिक २०८१ १०:५१ | Friday, October 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast