डेंगु नियन्त्रणमा लाग्न प्रधानमन्त्री ओलीको अनुरोध

हिमाल प्रेस ९ कार्तिक २०८१ ९:०२ | Friday, October 25, 2024
डेंगु नियन्त्रणमा लाग्न प्रधानमन्त्री ओलीको अनुरोध प्रधानमन्त्री केपी शर्मा ओली। फाइल तस्बिर

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले डेंगु नियन्त्रणमा लाग्न अनुरोध गरेका छन्। प्रधानमन्त्री ओलीले आज भिडियो सन्देशमा देशका केही जिल्लामा डेंगुको प्रभाव कायम रहेकाले त्यसको नियन्त्रणमा लाग्न सबैमा अनुरोध गरेका हुन्।

प्रधानमन्त्रीले हरेक शुक्रबार बिहान १० बजे ‘खोज र नष्ट गर’ अभियान देशव्यापी रूपमा सञ्चालन गर्न संघीय, प्रदेश तथा स्थानीय तहका सरोकारवाला निकाय, निजामती कर्मचारी, सुरक्षा निकाय, शिक्षण संस्था, सामाजिक अभियान्ताको सक्रिय सहभागिताका निम्ति आग्रह गरेका छन्।

उनले डेंगु सार्ने लामखुट्टेको नियन्त्रणका लागि लामखुट्टेको प्रजननस्थल पानी जम्ने स्थान भएकाले त्यस्ता स्थलको पहिचान गरी लामखुट्टेका लार्भा र प्युपा नष्ट गर्नुपर्ने बताएका छन्।

‘नागरिक स्वस्थ भएमा मात्र समृद्ध नेपाल निर्माण सम्भव छ, त्यसैले डेंगु नियन्त्रणको यस अभियानलाई सफल पार्न सबैलाई आ–आफ्नो स्थानबाट सहयोग गर्न अनुरोध गर्दछु’, सन्देशमा प्रधानमन्त्रीले भनेका छन्।

प्रकाशित: ९ कार्तिक २०८१ ९:०२ | Friday, October 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast