रवि र छविसहित १२ जनाविरुद्ध रुपन्देही अदालतले जारी गर्‍यो पक्राउ पूर्जी

हिमाल प्रेस ८ कार्तिक २०८१ १९:११ | Thursday, October 24, 2024
रवि र छविसहित १२ जनाविरुद्ध रुपन्देही अदालतले जारी गर्‍यो पक्राउ पूर्जी रवि लामिछाने। फाइल तस्बिर

रुपन्देही- रुपन्देही जिल्ला अदालतले रवि लामिछाने र छविलाल जोशीसहित १२ जनाविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ। सुप्रिम सहकारी ठगी प्रकरणमा न्यायाधीश श्यामप्रसाद श्रेष्ठको इजलासले उनीहरूलाई पक्राउ गर्न अनुमति दिएको हो।

पक्राउ पूर्जी जारी हुनेमा लामिछाने, जोशी, दीपक लामा, अनन्तबाबु राई, बल्लभ नेपाल, विशाल तामाङ, रविना रिमाल, भगवती बम्जन, विज्ञान राई, सुरक्षा अधिकारी, नरेश जिसी र शिवबहादुर गुरुङ रहेका छन्।

अहिले रवि सूर्यदर्शन सहकारीको रकम अपचलनको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन्। आज (बिहीबार) मात्रै रवि र छविलाई अनुसन्धानका लागि थप सात दिनको म्याद थप गरिएको छ।

रुपन्देही अदालतबाट पक्राउ पूर्जी जारी भएसँगै अब रविलाई अनुसन्धानका लागि रुपन्देही पनि लगिनेछ।

प्रकाशित: ८ कार्तिक २०८१ १९:११ | Thursday, October 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast