कपिलवस्तुमा बसको ठक्करबाट युवकको मृत्यु

हिमाल प्रेस ८ कार्तिक २०८१ ६:३६
8
SHARES
कपिलवस्तुमा बसको ठक्करबाट युवकको मृत्यु

काठमाडौँ- कपिलवस्तुमा बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ। दुर्घटनामा अर्का युवक घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले दिएको जानकारीअनुसार पूर्वपश्चिम राजमार्गमा पर्ने शिवराज नगरपालिका-१ स्थित भाइरलडाँडामा सवारी दुर्घटना भएको हो।

दुर्घटनामा दाङको राप्ती गाउँपालिका-४ मौरिघाट घर भएका मोटरसाइकल चालक २७ वर्षीय लिलाराम कुँवरको मृत्यु भएको प्रहरीले जनाएको छ। सोही मोटरसाइकलको पछाडि सवार राप्ती ४ कै २९ वर्षीय खुसीराम चौधरी घाइते भएका छन्।

अर्घाखाँचीबाट भारतको दिल्लीतिर जाँदै गरेको लु २ ख २१४२ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको रा ७ प ३४८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो।

घाइते चौधरीरीको स्थानीय संजीवनी सामुदायिक अस्पताल चन्द्रौटामा उपचार भइरहेको छ। दुर्घटनापछि प्रहरीले बसका चालकलाई नियन्त्रणमा लिएको छ।

प्रकाशित: ८ कार्तिक २०८१ ६:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =