मोदी र चिनफिङबीच भेटवार्ता

हिमाल प्रेस ७ कार्तिक २०८१ १९:२६
24
SHARES
मोदी र चिनफिङबीच भेटवार्ता

काठमाडौँ – भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता भएको छ।

ब्रिक्स सम्मेलनमा भाग लिन रूस भ्रमणमा रहेका मोदी र चिनफिङबीच भेटवार्ता भएको हो। कजानमा ब्रिक्स सम्मेलनपछि दुवै नेताबीच भेटवार्ता भएको हो।

द्विपक्षीय भेटवार्तापछि भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्,‘कजानमा ब्रिक्स शिखर सम्मेलनको अवसरमा राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता भयो। भारत र चीनबीचको सम्बन्ध दुवै देशका नागरिकका साथै क्षेत्रीय र विश्व शान्ति तथा स्थिरताका लागि महत्वपूर्ण रहेको छ। विश्वास, सम्मान र संवेदनशीलता द्विपक्षीय सम्बधलाई मार्गदर्शन गर्नेछ।’

भारत र चीनले पूर्वी लद्दाखमा ‘एक्चुअल लाइन अफ कन्ट्रोल (एलएसी)’ मा सुरक्षाकर्मीहरूको गस्तीका लागि सम्झौता गरेको बेला मोदी र चिनफिङबीच भेटवार्ता भएको हो।

पछिल्लो चार वर्षदेखि चलिरहेको गतिरोध अन्त्य गर्न यो सम्झौतालाई ठूलो उपलब्धि ठानिएको छ।

यसअघि नोभेम्बर २०२२ मा इन्डोनेसियामा भएको जी २० सम्मेलनका क्रममा इन्डोनेसियाका राष्ट्रपतिले आयोजना गरेको रात्रिभोजका क्रममा दुवै शीर्ष नेताबीच संक्षिप्त कुराकानी भएको थियो।

प्रकाशित: ७ कार्तिक २०८१ १९:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + six =