एमाले ललितपुरद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

हिमाल प्रेस ७ कार्तिक २०८१ १५:१३
12
SHARES
एमाले ललितपुरद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी ललितपुरले बाढीपहिरो र डुबानका कारण उत्पन्न स्थितिबाट जनजीवनलाई सहज र पूर्ववत् बनाउन आग्रह गरेको छ।

जिल्ला कमिटीका पदाधिकारीहरूले बुधबार प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री निवास, बालुवाटारमा ध्यानाकर्षणपत्र बुझाएको हो।

मनसुनजन्य विपत्तिलगत्तै सरकारले प्रभावकारी रुपमा खोज, उद्धार र राहतका काम गरेको उल्लेख गर्दै अबका दिनमा ललितपुरसँग जोडिएका राजमार्ग, ठूला सडक, विद्युत् र सञ्चारका संरचना पुनःसञ्चालन तथा मर्मतका लागि पहल गरिदिन जिल्ला कमिटीले प्रधानमन्त्री ओलीसमक्ष आग्रह गरेको छ।

जिल्ला कमिटीका अध्यक्ष पुरुषोत्तम आचार्यले प्राकृतिक विपद्बाट जिल्लामा ४६ जनाको मृत्यु, पाँच जना बेपत्ता भएका तथा १८ जना उपचाररत रहेको सो अवसरमा जानकारी दिए।

बाढी पहिरो र डुबानबाट जिल्लामा दुई सय १२ परिवार विस्थापित भएको उनले बताए। ललितपुरको पुनः निर्माणका लागि कम्तीमा रु. तीन अर्ब बजेट विनियोजन गर्न अध्यक्ष आचार्यले प्रधानमन्त्री ओली समक्ष माग गरे।

ध्यानाकर्षणपत्र बुझेपछि प्रधानमन्त्री ओलीले सरकारले खोज, उद्धार र राहत तथा पुनः व्यवस्थापनका काम प्रभावकारीरुपमा गरिरहेको उल्लेख गर्दै गत वर्ष जाजरकोटमा गएको भूकम्पबाट प्रभावितको दोस्रो किस्ता बाँकी रहेको अवस्थामा वर्तमान सरकारले निकासा दिन थालेको जानकारी दिए। उनले हुँदै नभएका कमजोरीलाई पनि कमजोरी देखाएर गलत प्रचार गर्ने शैली हुन नहुनेमा जोड दिए।

सो अवसरमा एमाले बागमती प्रदेशका इञ्चार्ज डा. राजन भट्टराई, केन्द्रीय सदस्यहरू सुशीला नेपाल, हरिकृष्ण व्यञ्जनकार, बाबुराम थापा, रुपनारायण श्रेष्ठ, बागमती प्रदेश कमिटी सचिव नवराज सिलवाललगायत सहभागी थिए।

प्रकाशित: ७ कार्तिक २०८१ १५:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 1 =