‘कांग्रेस, एमाले, माओवादी, रास्वपा, राप्रपाका दुई-चार मान्छे सहकारी ठगीमा जेल पर्ने भए भनेर रुवाबासी नगरौँ’

हिमाल प्रेस ७ कार्तिक २०८१ ११:२१
64
SHARES
‘कांग्रेस, एमाले, माओवादी, रास्वपा, राप्रपाका दुई-चार मान्छे सहकारी ठगीमा जेल पर्ने भए भनेर रुवाबासी नगरौँ’ विश्वप्रकाश शर्मा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस, एमाले, माओवादी, रास्वपाका केही मान्छे सहकारी ठगीमा जेल पर्ने भए भनेर रुवाबासी नगर्न आग्रह गरेका छन्। आज बुधबार सामाजिक सञ्जालमार्फत शर्माले अनुसन्धानलाई सहयोग गरेर, अदालतको फैसला कुर्न सबैलाई आग्रह गरेका हुन्।

‘काँग्रेसका दुइचार, एमालेका दुइचार, माओवादी, राप्रपा र रास्वपाका दुइचार मान्छे सहकारी ठगीमा जेल पर्नेभए भनेर रुवावासी नगरौं! अनुसन्धानलाई सघाऔं, अदालतको फैसला कुरौं! सडक विलापको जगहँसाई नगरौं!’ उनले भनेका छन्।

उनले रास्वपाका सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेको र त्यसप्रति भइरहेको विरोधलाई इंगित गर्दै थप भनेका छन्, ‘स्पष्ट हौं- दोषीलाई कार्वाही र बचतकर्ताको रकम फिर्ता, आजको राष्ट्रिय आवश्यकता हो ! रास्वपाकै प्रतिनिधिले पनि हस्ताक्षर गरेको प्रतिवेदन भन्छ-`प्रचलित कानुन बमोजिम कारबाही गर्नु´ तर प्रक्रिया शुरुभएपछि- `राजनैतिक प्रतिशोध´ भन्नू संसदीय समिति र संसदकै अपमान होइन र ?’

सहकारी ठगी प्रकरणमा लामिछानेको संलग्नता भए नभएको छानबिन गर्न संसदीय विशेष छानबिन समिति बनेको थियो। उक्त समितिले लामिछानेले सहकारीबाट रकम नल्याएको तर सहकारीबाट आएको रकम गोर्खा मिडियामा अपचलन गरेको भन्दै आवश्यक कारबाहीको लागि सिफारिस गरेको थियो।

रास्वपाले अहिले लामिछाने पक्राउको विरोधमा देशैभर र विशेष गरी पोखरामा प्रदर्शन जारी राखेको छ। यसबारे शर्माले भनेका छन्, ‘प्रदर्शनले न्यायालय प्रभावित गर्ने भ्रम-प्रयास वैकल्पिक राजनीति ? कि विधि उपर समेतको ठगी ?’

उनले एक मित्रका अभिव्यक्ति सम्झिएको भन्दै थप लेखेका छन्,’अन्धभक्तहरूले न पार्टी सुधार्न सक्छन् न देश बनाउन।´

प्रकाशित: ७ कार्तिक २०८१ ११:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − one =