सुनको मूल्यमा निरन्तर वृद्धि, आज पनि कीर्तिमान

हिमाल प्रेस ६ कार्तिक २०८१ १०:५२
8
SHARES
सुनको मूल्यमा निरन्तर वृद्धि, आज पनि कीर्तिमान

काठमाडौँ- नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य वृद्धि भएको छ। दसैँपछिको कारोबारमा सुनको मूल्य निरन्तर बढ्दै एकपछि अर्को रेकर्ड बनिरहेको छ।

सोहीअनुसार मंगलबार पनि छापावाल सुनको मूल्य बढ्दै तोलामा १ लाख ६५ हजार ९०० रुपैयाँ पुगेको छ। अघिल्लो दिन छापावाल सुनको मूल्य १ लाख ६५ हजार ६०० रुपैयाँ कायम भएको थियो। जसअनुसार आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा ३०० रुपैयाँ बढेर १ लाख ६६ हजार रुपैयाँ नजिक पुगेको हो।

यस्तै चाँदीको मूल्य सोमबार तोलामा १ हजार ९५ रुपैयाँ कायम हुँदा मंगलबार बढेर २ हजार १०० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

प्रकाशित: ६ कार्तिक २०८१ १०:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 4 =